क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ « Khabarhub

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली मुलुक क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं बालाजुको माछापोखरीबाट ३६ वर्षे उत्सव दाहाललाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

मोरङ जिल्ला विराटनगर महानगरपालिका २० घर भई हाल काठमाडौं महानगरपालिका १० मा बसोबास गर्ने उनले अजय वाइबालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भनी २ लाख रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि विभागको कार्यालय बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ७ : ११ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल