भारतमा अर्को महिना राष्ट्रपतिय निर्वाचन हुने « Khabarhub

भारतमा अर्को महिना राष्ट्रपतिय निर्वाचन हुने


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा अर्को महिना राष्ट्रपतीय निर्वाचन हुने भएको छ । यो वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि भारतीय निर्वाचन आयोगले जुलाई १८ को मिति घोषणा गरेको भारतीय समाचार संस्था इण्डियन एक्सप्रेसले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार चुनावसम्बन्धी औपचारिक सूचना जुन १५ मा प्रकाशित गरिनेछ । त्यस्तै, जुन २९ सम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ । त्यस्तै, जुलाइ १८ मा निर्वाचन हुनेछ भने आवश्यक परेको खण्डमा जुलाई २१ बाट मतगणना सुरु हुने जनाइएको छ ।

साथै मतदान गर्ने बेला कोरोना भाइरसविरुद्ध लागू सबै सतर्कता अपनाइने आयोगले जनाएको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल यही २४ जुलाइमा समाप्त हुँदैछ । भारतीय संविधानको धारा ६२ अनुसार राष्ट्रपतिको कार्यकाल सकिनुअगावै नयाँ राष्ट्रपति चयन गर्नुपर्ने प्रावधान रहेको बताइएको छ ।

भारतमा निर्वाचित प्रतिनिधिहरुले राष्ट्रपति चयन गर्न मतदान गर्ने व्यवस्था छ । यसअनुसार भारतको दुबै सदनका सांसद्हरु एवम् सबै राज्यका विधानसभाका जनप्रतिनिधिहरुले राष्ट्रपति चयनका लागि मतदान गर्दछन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १० : १९ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को