पशुपति धर्मशाला हटाउन बतास समूहलाई एक साताको ‘अल्टिमेटम’ « Khabarhub

पशुपति धर्मशाला हटाउन बतास समूहलाई एक साताको ‘अल्टिमेटम’


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बतास समूहलाई नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले एक साताको अल्टिमेटम दिएको छ ।

कोषका सदस्यसचिव मिलनकुमार थापाद्वारा बतास समूहअर्न्तगतको होटल आनन्दलाई बुधबार पत्र पठाएर जेठ मसान्तभित्र धर्मशाला खाली गरेर साँचो बुझाउन भनिएको हो ।

नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले यस्तो निर्णय सुनाएको हो ।

बतास समूहको होटल आनन्दलाई चैतमा नै सम्झौता रद्द गर्न भनिएको हो । तर, यो निर्णयपछि बतास समूह काठमाडौँ जिल्ला अदालत पुगेको थियो ।

यसअघि वि.सं. २०७६ जेठ १ गते करार सम्झौता गरेर कोषले धर्मशाला भाडामा दिने निर्णय गरेको थियो । उक्त करार सम्झौता उल्लङ्घन भएको भन्दै वि.सं. २०७८ चैत्र १४ मा रद्द गरिएको थियो । त्यसपछि बतास समूह अदालत पुगेको थियो ।

अदालतले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो ।

उक्त अन्तरकालीन आदेशविरुद्ध कोषले दिएको निवेदनको सुनुवाइ गर्दै आज न्यायाधीश कोष र बतास समूहबीचको करार भङ्ग भइसकेकाले पुनःहोटल सञ्चालन गर्न दिनु कानुनबमोजिम नहुने उल्लेख गर्दैै अन्तरकालीन आदेश बदर गरिदिएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १० : ३७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल