शनिबारको मौसम पूर्वानुमान : देशभर मनसुनी वायुको प्रभाव « Khabarhub

शनिबारको मौसम पूर्वानुमान : देशभर मनसुनी वायुको प्रभाव


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार देशभर सामान्य वर्षा हुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभावले सामान्य वर्षा भइराखेको छ।

अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यतादेखि पूर्ण बदली हुँदै देशका बाँकी भू-भागमा सामान्य वर्षा भइरहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी एक-दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ। अन्य भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : २३ बजे

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली– सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि

मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न

झापा– राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर