शनिबारको मौसम पूर्वानुमान : देशभर मनसुनी वायुको प्रभाव « Khabarhub

शनिबारको मौसम पूर्वानुमान : देशभर मनसुनी वायुको प्रभाव


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार देशभर सामान्य वर्षा हुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभावले सामान्य वर्षा भइराखेको छ।

अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यतादेखि पूर्ण बदली हुँदै देशका बाँकी भू-भागमा सामान्य वर्षा भइरहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी एक-दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ। अन्य भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै