दुवै मिर्गौला फेल भएका नेपाली युवाको उद्धार गरी साउदीबाट नेपाल फर्काइयो  « Khabarhub

दुवै मिर्गौला फेल भएका नेपाली युवाको उद्धार गरी साउदीबाट नेपाल फर्काइयो 



दोहा – साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ ।

विगत केही महिनादेखि साउदीको जेद्दामा रहेको किङ अब्दुलअजीज अस्पतालमा दुवै मिर्गौला खराब भई उपचाररत बालकृष्ण रेग्मी साउदी अरेबियामा गैर-कानुनी हैसियतमा रहेका थिए।

गैर- कानुनी रूपमा रहेका रेग्मीको उपचारमा लागेको शुल्क स्वयम बिरामीले तिर्नुपर्ने नेपाली महावाणिज्य दूतावास जेद्दाले जनाएको छ । हालसम्म उपचारमा करिब साउदी रियाल ५० हजारभन्दा बढी खर्च भइसकेकाले उनको उद्धारका लागि महावाणिज्य दूतावासमा अनुरोध प्राप्त भएको थियो।

दूतावासले महावाणिज्य दूतावासका कर्मचारीलाई पटक-पटक अस्पतालमै खटाई अस्पतालका पदाधिकारीहरूसँग भेट, छलफल तथा पत्रमार्फत उनको उपचारमा खर्च भएको सम्पूर्ण रकम मिनाहा गरी घर फिर्तिका लागि अनुरोध गरेका थिए।

महावाणिज्यको निरन्तरको प्रयासमा उनको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा भएको हो। उनको एक्जिट(बहिर्गमन) भिसा तथा नेपाल प्रीतिका लागि हवाई टिकटको समेत व्यवस्था गरी उनलाई शुक्रबार कतार एयरवेजको उडानमार्फत नेपाल पठाइएको दूतावासले जनाएको छ ।

उनको उपचार, उद्धार तथा नेपाल प्रीतिका लागि चासो राखी महावाणिज्य दूतावासमा सम्पर्क गर्ने नेपाल तथा साउदी अरेबियामा रहेका सम्पूर्ण महानुभावहरूमा दूतावासले धन्यवाद भनेको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : ३० बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल