दुवै मिर्गौला फेल भएका नेपाली युवाको उद्धार गरी साउदीबाट नेपाल फर्काइयो  « Khabarhub

दुवै मिर्गौला फेल भएका नेपाली युवाको उद्धार गरी साउदीबाट नेपाल फर्काइयो 



दोहा – साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ ।

विगत केही महिनादेखि साउदीको जेद्दामा रहेको किङ अब्दुलअजीज अस्पतालमा दुवै मिर्गौला खराब भई उपचाररत बालकृष्ण रेग्मी साउदी अरेबियामा गैर-कानुनी हैसियतमा रहेका थिए।

गैर- कानुनी रूपमा रहेका रेग्मीको उपचारमा लागेको शुल्क स्वयम बिरामीले तिर्नुपर्ने नेपाली महावाणिज्य दूतावास जेद्दाले जनाएको छ । हालसम्म उपचारमा करिब साउदी रियाल ५० हजारभन्दा बढी खर्च भइसकेकाले उनको उद्धारका लागि महावाणिज्य दूतावासमा अनुरोध प्राप्त भएको थियो।

दूतावासले महावाणिज्य दूतावासका कर्मचारीलाई पटक-पटक अस्पतालमै खटाई अस्पतालका पदाधिकारीहरूसँग भेट, छलफल तथा पत्रमार्फत उनको उपचारमा खर्च भएको सम्पूर्ण रकम मिनाहा गरी घर फिर्तिका लागि अनुरोध गरेका थिए।

महावाणिज्यको निरन्तरको प्रयासमा उनको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा भएको हो। उनको एक्जिट(बहिर्गमन) भिसा तथा नेपाल प्रीतिका लागि हवाई टिकटको समेत व्यवस्था गरी उनलाई शुक्रबार कतार एयरवेजको उडानमार्फत नेपाल पठाइएको दूतावासले जनाएको छ ।

उनको उपचार, उद्धार तथा नेपाल प्रीतिका लागि चासो राखी महावाणिज्य दूतावासमा सम्पर्क गर्ने नेपाल तथा साउदी अरेबियामा रहेका सम्पूर्ण महानुभावहरूमा दूतावासले धन्यवाद भनेको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : ३० बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो