९ महिनाअघि साउदी पुगेका ५३ नेपाली युवा अलपत्र   « Khabarhub

९ महिनाअघि साउदी पुगेका ५३ नेपाली युवा अलपत्र  

प्रतिबद्धता जनाएको म्यानपावर बेपत्ता  



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५३ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करिब ९ महिनाअघि त्यहाँ पुगेका थिए ।

करिब एक महिना अघि रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कमलेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५३ नेपाली युवालाई नेपाल फर्काउने सहमति गरेपनि अहिले मेनेजर तिवारीले चासो दिएका छैनन् ।

त्रिपक्षीय छलफलमा वर्क फोर्सका मेनेजर तिवारीले १७ जनालाई दूतावासले एक्जिट भिसा प्रक्रिया पूरा गरिदिने र म्यानपावरले हवाई टिकट व्यवस्था गरी नेपाल पठाउने, काम गर्ने इच्छा भएका युवराज रावत, तेजबीर खत्री, लोकेन्द्रबहादुर बिष्ट र शान्तबीर पाख्रिनलाई नियम अनुसारको सुविधा हुने गरी काममा पठाउने र बाँकी काम गर्न अनिच्छुकलाई म्यानपावरले रोजगारदातासँग समन्वय गरी नेपाली पठाउने सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

तर, अहिले साउदीमै रहेका मेनेजर तिवारीले खाना खाने पैसासमेत नदिएको कारण पीडितहरू भोक भोकै बस्न बाध्य भएको र खानाकै कारण धेरै साथीहरू बिरामी पर्न थालेको पीडित सुनसरीका महमद राम्जान मियाले बताए ।

अर्का पीडित अनिल चौधरी विगत ७-८ दिनदेखि गम्भीर बिरामी हुँदा पनि तिवारीले बेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन् । आफूहरूले सम्पर्क गर्दा अहिले फोन नउठाउने र उठाई हाले पनि अब आफूले केही गर्न नसक्ने भनेर गैर जिम्मेवार जवाफ फर्काएको मियाले गुनासो सुनाए ।

‘मेनेजर तिवारीले हाम्रो फोन नै उठाउँदैन उठाईहाले पनि अब मैले खानाको पैसा पनि दिन सक्दिन भने।’ मियाले खबरहबसँग भने, ‘हाम्रो चाँडोभन्दा चाँडो उद्धार गर्नुहोस् नत्र हामीले यहाँ प्राण त्याग गर्नुपर्ने अवस्था आउन सक्छ ।’ त्यति मात्र होइन उनले जुलाई १० तारिखमा कोठाबाट निकाली दिने धम्की पनि दिएका छन्।

त्रिपक्षीय छलफलमा भएको सहमति अनुसार तिवारीले कुनै पनि काम नगरेको भन्दै पीडितहरूले दूतावासमा सम्पर्क गर्दा हुन्छ भन्ने जवाफबाहेक केही नपाएको पीडितहरूको अनुभव छ ।

‘बाथरुम जाम भएको छ। कोठा फोहोर छ। दिउँसोको ५०-५५ डिग्रीको तातो घाममा सडकमै बिताउनु परेको छ।’ उनीहरुले भनेका छन्।

काठमाडौँको टोकियो ओभरसीज, वर्क फोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालिमार्फत साउदीमा रहेको अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा भनेर त्यहाँ पुगेका थिए ।

सम्झौता गरेअनुसारको काम र तलब नदिएको म्यानपावरले काम गरिरहेका ७ जनालाई बिना कारण जेल हालेपछि उनीहरुले काम बन्द गरेका थिए ।  त्यसपछि उनीहरूलाई कम्पनीले कामबाट निकालिदिएको थियो । जेल परेका ७ जना मध्ये ६ जनालाई दूतावासले जेल मुक्त गराई यसअघि नेपाल पठाइसकेको छ ।

पीडितहरूले काम गरेको दुई महिना १० दिनको तलब समेत पाएका छैनन् । उनीहरूले म्यानपावर तथा विभिन्न एजेन्टहरुलाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर करिब ७ महिनाअघि त्यहाँ पुगेका थिए ।

यसअघि पीडितहरूको समस्या समाधान गर्न भन्दै तीन वटै म्यानपावरको नेतृत्व गर्दै साउदी पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर तिवारीले खबरहबसँगको कुराकानीमा पीडित युवाहरुको समस्या समाधान गरेर मात्र आफू नेपाल फर्कने बताएका थिए ।

अहिले पीडितहरूको उद्दार गर्नु त कहाँ हो कहाँ खाना खाने पैसा समेत नदिएर उनीहरूलाई भोक भोकै परेर सम्पर्क बिहिन भएका छन् । पछिल्लो पटक पनि खबरहबसँगको कुराकानीमा खानाको पैसा दिइरहेको, १७ जनाको लागि ट्राभल डकुमेन्टका लागि २ हजार ५ सय ५० रियाल दूतावासलाई दिइसकेको बताएका थिए । बाँकी रहेकाको एक्जिट भिसाको प्रक्रिया भइरहेको र पाँच जना काम गर्न राजी भएकोले छिट्टै काममा लाग्ने उनले बताएका थिए।

यस्तो थियो करिब एक महिना अघि गरेको सम्झौता पत्र :

यस्तो छ पीडितहरूले खाने-बस्ने कोठा :

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : १३ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को