पहिरो खस्दा मालढुंगा–बेनी सडक अवरुद्ध « Khabarhub

पहिरो खस्दा मालढुंगा–बेनी सडक अवरुद्ध


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ।

शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन डोजर र ट्रिपर तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने उनको भनाइ छ ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारी साधन खनियाघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारी साधन मालढुङ्गामा रोकिएका छन् । कतिपय सवारी बागलुङ हुँदै वैकल्पिक मार्गको प्रयोग गरेर आवतजावत गरेका छन् । निर्माणाधीन उक्त सडक वर्षाका कारण पछिल्लो दुई सातादेखि निरन्तर अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : २० बजे

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई जित्दै रवीन्द्र फाइनलमा

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ

रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड

भक्तपुर– नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित