अभिनयमा पनि सुन्दरता देखाउने नम्रता (फोटो फिचर)  « Khabarhub

अभिनयमा पनि सुन्दरता देखाउने नम्रता (फोटो फिचर) 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २००८ मा प्रदर्शनमा आएको फिल्म ‘सानो संसार’ मार्फत अभिनयमा पाइला टेकेकी अभिनेत्री हुन् नम्रता श्रेष्ठ । नेपालमा डिजिटल फिल्मको सुरुवात भएसँगै उनी पर्दामा उदाइन् ।

जीवन यात्रा विभिन्न परिस्थिति बाट गुज्रिएकी नम्रताले आफूले पाएको भूमिकालाई जीवन्त बनाउने गर्छिन् । छड्के , मौन , क्लासिक , प्रसाद लगायतको फिल्ममा उनले गरेको अभिनयको निकै प्रशंसा भयो । उनले सोल सिस्टर्स मार्फत निर्माणमा समेत उनको उपस्थिति देखियो । अभिनेत्रीहरूको भिडमा अभिनयकै कारण उनी फरक छिन् ।

फिल्ममा दिइने विभिन्न अवार्डहरूसँगै राष्ट्रिय अवार्ड मार्फत समेत अवार्डेड भइसकेकी नम्रताको सुन्दरताको चर्चा उत्तिकै हुने गर्छ । उनले डेब्यु फिल्म देखि नै आफ्नो शरीरलाई मेन्टेन त गरेकै छिन् । सुन्दरता पनि उस्तै छ । बेलाबखतमा नम्रताको अभिनय र सुन्दरताको चर्चा हुने गर्छ । यिनै नम्रता प्रसाद २ को तयारीमा छिन् । यो फिल्मको छायांकन सुरु हुँदैछ । यसपश्चात् उनी ‘ग्रहण’ मा व्यस्त हुनेछिन् । यसको छायांकन नेपाल र सिक्किममा हुनेछ । प्रसादको सिक्वेलमा नम्रताले नारायणी कार्कीको भूमिका निर्वाह गर्दै छिन् । निसन्तान आमाको भूमिका निर्वाह गरेकी नम्रता सिक्वेलमा भने गाउँ फर्किँदै छिन् ।

समाज , परिवार र आफैँसँगको अन्तर्द्वन्द्व फिल्ममा देख्न पाइने छ । उनी टिपिकल गाउँले भूमिकामा हुनेछिन् । यसका साथै उनले विगत केही समय यता एरियल योगाको प्रशिक्षण समेत लिइरहेकी छिन् । उनी फिल्ममा एरियल योगा प्रशिक्षकको भूमिका निर्वाह गर्दै छिन् । आफ्नो क्यारेक्टरलाई मजबुत बनाउन उनी हर सम्भव प्रयासमा छिन् । ‘आफूले पाएको क्यारेक्टरलाई न्याय गर्न मैँले प्रशिक्षण समेत लिएकी हुँ । किनकि मैँले जिउने क्यारेक्टरको बारेमा मैँले बुझ्नु जरुरी हुन्छ’ उनले भनिन् ।

यी प्रोजेक्ट पश्चात् उनले आफ्नै होम प्रोडक्सनमा बन्ने फिल्मको तयारीमा जुट्ने छिन् । आन्तरिक रूपमा तयारी गरिएता पनि दुई प्रोजेक्टमा ध्यान दिनु पर्ने भएकाले उनले आफ्नो होम प्रोडक्सनको प्रोजेक्टलाई निरन्तरता दिन सकेकी छैनन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : ४१ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई