बसपार्क निर्माणको काम अलपत्र, अव्यवस्थित रुपमा बजारमै पार्किङ « Khabarhub

बसपार्क निर्माणको काम अलपत्र, अव्यवस्थित रुपमा बजारमै पार्किङ


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो । पाटनमा सवारी साधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाइए पनि समयमै निर्माणको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा समेत निराश भएका छन् ।

आठ वटा बस र चार वटा जिप एकै पटक पार्किङ गर्न सक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भएको उनीहरूले बताए । बसपार्क निर्माणको काम ढिलाइ हुँदा सवारीसाधन बजारमै पार्किङ गर्ने गरिएको स्थानीय दिनेश विष्टले जानकारी दिए । उनले भने, “बसपार्क निर्माण गर्न ढिलाइ भएको छ, अव्यवस्थितरुपमा बजारमै पार्किङ गरिँदा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।”

बसपार्क निर्माण अन्तर्गत अपाङ्गमैत्री शौचालय, बस र जिपका लागि छुट्टा छुट्टै पार्किङ, आरसिसी बाटो, काउन्टर भवन निर्माण गरिने उल्लेख भए पनि अहिलेसम्म काउन्टर भवन बन्न सकेको छैन ।

सुरुमा बजेटको अभाव, सङ्घीयतापछि सम्बन्धित कार्यालय केही समय सङ्घ र केही समय प्रदेश मातहत रहँदाको अन्योल, कोभिडलगायत कारणले बसपार्क निर्माणमा ढिलाइ भएको भनिए पनि एउटै बसपार्क आठ वर्षदेखि निर्माण पूरा नहुँदा स्थानीयवासी निराश भएका हुन् ।

पाटन नयाँ सहर आयोजनाअन्तर्गत बसपार्क निर्माण भइरहेको भए पनि निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा समेत निर्माणको काम सम्पन्न हुन सकेको छैन । पाटन नयाँ सहरमा व्यवस्थित बसपार्कको अवधारणा अन्तर्गत बसपार्क निर्माणको काम सुरु भए पनि विभिन्न कारणले अझै पनि निर्माण हुन नसकेको पाटन नयाँ सहर आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रोहितराज भण्डारीले बताए ।

एक सय ३० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बसपार्कको ९० प्रतिशत काम पूरा भइसकेको भए पनि केही काम अझै बाँकी छ । उनले भने, “बसपार्क अन्तर्गत काउन्टर भवन र आरसिसी बाटो निर्माण गर्न बाँकी रहेको छ । त्यसका लागि ठेक्का जिम्मा पाएको प्रमोद कन्स्ट्रक्सनले यो वर्ष काम अघि बढाउन सकेको छैन ।” समयमै बसपार्क निर्माण नहुँदा बनेका संरचनासमेत जीर्ण हुन थालेका छन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  २ : ४३ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७