सशस्त्र प्रहरीद्वारा लाखौँ मूल्य बराबरको सामान बरामद  « Khabarhub

सशस्त्र प्रहरीद्वारा लाखौँ मूल्य बराबरको सामान बरामद 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ५ धर्मौली इलाकाबाट सशस्त्र प्रहरीले करिब ७ लाख ८ हजार रुपैयाँ बराबरको अवैध चिनी बरामद गरेको छ ।

सो ठाउँमा भारतबाट अवैध रूपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी र मातहत युनिटहरूबाट खटिएको सशस्त्र प्रहरीले उल्लेखित मूल्य बराबरको २ सय  ३६ बोरा चिनी बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देव प्रसाद पौडेलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले शनिबार (आज) करिब १ लाख ४३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा तथा विभिन्न सामान बरामद गरेको छ । अवैध रूपले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरीले पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ३ बेलासपुर चोकबाट बरामद गरेको हो ।

त्यसै गरी झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीडाँडास्थित सीमा  इलाकाबाट सुक्रबार सशस्त्र प्रहरीले करिब १ लाख २५ हजार रुपैयाँ  बराबरको चोरी निकासीको २ सय ५० केजी। सुपारी बरामद गरेको छ । नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागेको अवस्थामा उक्त सुपारी सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले बरामद गरेको हो ।

त्यसबेला सुपारी लैजाँदै गरेका व्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त सुपारी सोही ठाउँमा छाडी फरार भएका थिए ।  बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ३ : ४६ बजे

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख