खेलकुदमा महिला सहभागिता बढाउन जोड « Khabarhub

खेलकुदमा महिला सहभागिता बढाउन जोड


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- खेलका माध्यमबाट महिला सशक्तीकरण बढाउन जोड दिँदै जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । महिला भएकै कारण हुने विभेदबाट खेल क्षेत्र पनि अछुतो नभएको भन्दै कार्यक्रमका सहभागीहरूले सरकारी स्तरबाटै यस्ता कार्यक्रमको ल्याउन जोड दिए । उनीहरूले अझै पनि नेतृत्व तहमा महिलाको उपस्थिति एकदमै न्यून रहेको बताए ।

ठूला खेलकुद प्रतियोगिता आयोजनामा महिलाको सहभागिता खासै देखिँदैन । खेलको माध्यमबाट महिला सशक्तीकरणमा जोड दिने राष्ट्रपति कार्यक्रमको अभियान हो । ‘महिला सशक्तीकरण हाम्रो सङ्कल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने अभियानको नारा छ । हेर्दा सामान्य लागे पनि यसको सन्देश भने निकै अर्थपूर्ण छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी महिलाले पाएका छन् । तर, असारे विकाससँग जोडिएको यो कार्यक्रम ग्रामीण बस्तीका विद्यालय स्तरमा भने पुग्न सकेको छैन ।

खेलकुद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले भने, ‘यो कार्यक्रमको मुख्य उद्देश्य खेल क्षेत्रमा महिलाको क्षमता बढाएर उनीहरूलाई निर्णायक बनाउन खोजिएको हो । खेलकुदमा महिला सहभागिता बढाउन आवश्यक छ ।’ उनका अनुसार एक सय ५० जना महिला खेलाडी सहभागिता गराउने लक्ष्य हो । तर, मौसमले साथ नदिएका कारण टाढाका महिला सहभागी हुन सकेन ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले महिला सहभागिताको अर्थ पुरुषलाई उपेक्षा होइन । तर, महिला भएका कारण धेरै क्षेत्रबाट हेपिएका छन् । प्रतियोगिता आयोजनामा महिलालाई पुरुषले पनि उतिकै साथ दिन आवश्यक छ ।

एन्फाका केन्द्रीय सदस्य भरत बहादुर बुढ्थापाले प्रतियोगितामार्फत महिला सशक्तीकरणको सन्देश दिनु आफैँमा उदाहरणीय हो । एक त जुम्लाका महिला सबै क्षेत्रमा पछाडि छन् । अरू ठाउँका महिलाले खेलकुद क्षेत्रबाट पुरस्कार पाउँदा हाम्रा विद्यालयमा अध्ययनरतता छात्रा सुरुवालमै हाई जम खेल्ने गरेको तितो सत्य सुनाए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ४ : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन