राईनास बहु प्राविधिक शिक्षालयका प्रिन्सिपलमाथि यौन दुर्व्यवहारको आरोप « Khabarhub

राईनास बहु प्राविधिक शिक्षालयका प्रिन्सिपलमाथि यौन दुर्व्यवहारको आरोप


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ –पूर्वी लमजुङको राईनास नगरपालिकास्थित एक प्राविधिक शिक्षालयका प्रमुखले विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको खुलेको छ ।राईनास–८, कुसुन्डे चौरस्थित राईनास बहु प्राविधिक शिक्षालयका प्रिन्सिपल ईश्वरी देवकोटाले सोही शिक्षालयमा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार भएको खुलासा भएको हो ।

करिब दुई वर्ष अघि सो शिक्षालयमा आबद्ध प्रिन्सिपल देवकोटाले विगत लामो समयदेखि विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरे पनि सो विषय हालसालै मात्र बाहिर सार्वजनिक भएको हो ।

प्रिन्सिपल देवकोटाले अध्ययनरत छात्राहरूलाई फेसबुक म्यासेन्जर प्रयोग गरी अनावश्यक कुरा गर्ने, भेटिएको बेला छात्राहरूको संवेदनशील अङ्गमा छुने छाम्ने जस्ता क्रियाकलाप गरेको पीडित छात्राको आरोप छ । उनले शिक्षालयको छात्रावासमा बस्ने विद्यार्थी र बाहिर बस्ने विद्यार्थीलाई पनि सोही प्रकारको व्यवहार गर्दै आएको पीडित विद्यार्थीको गुनासो छ ।

रातिको समयमा छात्रा होस्टेलमा जाने, खाना पकाउनु भन्ने, छात्राहरूको कोठामा सुत्ने प्रयास गर्ने जस्ता क्रियाकलाप हुन थालेपछि पीडित विद्यार्थीले हारगुहार माग्न थालेका हुन् ।

प्रिन्सिपल देवकोटाले रातिको समयमा छात्रालाई फोन गर्ने, तिम्रो कोठामा आउँछु भन्ने गरेको एक पीडित विद्यार्थीले बताइन् ।  पीडित विद्यार्थीका अनुसार सुरु सुरुमा बुबा समानको सर मानेर कुरा गर्ने गरे पनि पछिल्लो समय प्रिन्सिपलको नियत खराब बुझिएपछि कुरा गर्न तथा भेटेको बेला पनि बोल्न छोडेको उनले बताइन् ।

पछिल्लो समय एक विद्यार्थीले आफूलाई परेको समस्या बारे साथी र अन्य शिक्षक शिक्षिकालाई सुनाएपछि अन्य विद्यार्थीले पनि आफूलाई प्रिन्सिपलले त्यस्तै दुःख दिने गरेका बताएका हुन् । पीडित विद्यार्थीहरूले न्याय माग्न खोज्दा उल्टै प्रिन्सिपलले तिमीहरूको भविष्य मेरो हातमा छ भन्दै धम्की दिएको पीडित विद्यार्थीको भनाई छ ।

शिक्षालयमा प्रिन्सिपलको यौन दुर्व्यवहारबाट पीडित मध्ये अधिकांश छात्राहरू अन्य जिल्लाका रहेका छन् । विशेष गरी कर्णाली प्रदेशअन्तर्गत विभिन्न जिल्लाबाट प्राविधिक शिक्षा अध्ययनका लागि आएका विद्यार्थीहरूले आफू पढ्ने विद्यालयको प्रिन्सिपलबाटै पीडित भए पनि अभिभावक विहीन हुँदा खुलेर न्याय माग्न नसकेको गुनासो गरेका छन् ।

घटना सार्वजनिक भए पनि सो विषयमा सम्बन्धित निकायमा भने कुनै उजुरी परेको छैन । घटनाको विषयमा सम्बन्धित व्यक्तिबाट उजुरी नआएसम्म कुनै काम कारबाही गर्न नसकिने लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीको भनाई छ ।

आरोपित प्रिन्सिपल देवकोटाले भने आफूलाई नियोजित रूपमा फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन् । पछिल्लो समय घटनाको विषयमा जिल्लाका मानवअधिकारकर्मीहरूले चासो दिएको बुझिएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : १३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल