देशको समृद्धिका लागि राजनीति : सञ्चारमन्त्री कार्की « Khabarhub

देशको समृद्धिका लागि राजनीति : सञ्चारमन्त्री कार्की


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकासबिनाको राजनीति खोक्रो भाषण मात्र हुने बताएका छन्।

सुनसरीको बराह क्षेत्र नगरपालिका–७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसमा आज आयोजित प्राध्यापक सङ्घको पदभार ग्रहण तथा बस उद्घाटन कार्यक्रममा उनले जनताको सेवा र देशको समृद्धिका लागि आफू राजनीतिमा लागिपरेको बताए।

मन्त्री कार्कीले जनताको सेवा गर्न राजनीतिमा प्रवेश गरेको बताउँदै आफूले बोलेको कुरा पूरा गर्दै आएको दाबी गरे। विकासबिनाको राजनीति जनताका लागि धोका हुने बताउँदै उनले आफूले जनतासामु गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गरे।

वराहक्षेत्र नगरपालिकाको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, विद्युत्लगायत क्षेत्रमा योजना बनाएर जनतालाई सेवा दिन आफू लागिपरेको मन्त्री कार्कीले जानकारी दिए। भन्टाबारीदेखि धरानसम्मको पुरानो रेल्वे मार्गलाई सडक मार्गको रूपमा स्तरोन्नति, सप्तकोसी बहुमुखी क्याम्पसमा कृषि विज्ञान, कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्थाका लागि काम गर्ने बताए।

सोही कार्यक्रममा सप्तकोसी क्याम्पसको प्राध्यापक सङ्घ एकाइ समितिमा निर्वाचित सभापति केशव पुरी, उपसभापतिमा उमेश खड्कासहितका पदाधिकारीलाई मन्त्री कार्कीले निर्वाचित प्रमाणपत्र प्रदान गरे। उनको पहलबाट भारतीय दूतावासबाट उपलब्ध क्याम्पस बससमेत उद्घाटन गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, कोसी गाउँपालिकाका प्रमुख ऐयुव अन्सारीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : ४६ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट