फोनिजले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने « Khabarhub

फोनिजले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले तीनमहिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । फोनिजको काठमाडौँमा सम्पन्न सङ्घीय समितिको तेस्रो पूर्ण बैठकले साउन १ गतेदेखि असोज २७ गतेसम्म अभियान चलाउने निर्णय गरेको हो । अभियान अवधिमा फोनिजको जिल्ला र विदेश शाखा, प्रादेशिक समितिहरूको बैठक सञ्चालन, वार्षिक क्यालेण्डर निर्माण, प्रशिक्षणलगायत कार्य गरिने महासचिव मिलन लिम्बूबाट प्रस्तुत कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै, तीनमहिने अभियानकै बीच फोनिजले आफ्ना सदस्यहरूको अभिलेखलाई डिजिटलाइज गर्ने जनाएको छ । अब सदस्यताका लागि अनलाइन प्रणालीमार्फत आवेदन दिने र अनलाइनबाटै सदस्यता स्वीकृतिलगायत प्रक्रिया सम्पन्न हुने महासचिव लिम्बूले बताए ।

नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई नै कायम गराउन फोनिजले अभियानकै क्रममा नेपाल पत्रकार महासङ्घको जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाउने, सङ्घको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रदेश सरकारको सञ्चार हेर्ने मन्त्रालयबाट समेत सरकारलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।

त्यसैगरी अभियानकै क्रममा फोनिजले नेपाल आदिवासी जनजाति महासङ्घलगायत विभिन्न आदिवासी जनजातिजन्य सङ्घसंस्थासँग अन्तरसम्बन्ध सुधारका लागि विभिन्न चरणमा अन्तक्र्रिया र छलफल गर्ने निर्णय गरेको छ । बैठकले असोज २८ र २९ गते फोनिजको नीति तथा विधान सम्मेलन गर्नेसमेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : ३५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन