मधेस प्रदेशमा ताजिया मेलाको रौनक   « Khabarhub

मधेस प्रदेशमा ताजिया मेलाको रौनक  


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- तराई मधेशका इस्लाम धर्मावलम्बीले मोहरममा आयोजना गर्ने ताजिया (दाहा) मेला मनाइरहेका छन् । इस्लाम धर्मका लागि ज्यानको आहुति (बलिदानी) दिने हजरत हसन र हजरत हुसेनको सम्झानामा यहाँका मुस्लिम समुदायहरू इस्लामिक महिना मोहरममा ताजिया (दाहा) मेलाको आयोजना गर्दै आएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका  बन्धी, पिपरा गाउँपालिकाको हर्दिया, लक्ष्मीनिया गाउँपालिकाको गजरिया, महोत्तरीको धवौली  लगायतका स्थानमा ठूला दाहा (तजिया) मेलाको आयोजना गरिएको छ । ताजिया बनाउने चलन नेपाल, भारत, पाकिस्तान, बगंलादेशसहितका मुलुकहरूमा  छ ।

दाहा मेलामा मुस्लिम समुदायका युवाहरूले विभिन्न प्रकारका कलात्मक खेलहरू प्रदर्शन गर्नेछन् भने महिलाहरूले हसन हुसेनको सम्झनामा गीत गाउने गर्छन् । तर पछिल्लो समय महिलाहरूले गति गाउने चलन हराउँदै गएको छ । मेलाको अन्तिम राम्रो खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई तगमा (शिल्ड)  वितरण गर्ने चलने छ ।

मोहरम महिनाको नवौँ दिन अर्थात् सोमबार पहिलो दिन मेलाको अन्य गाउँमा गएर खेलाडीहरूले खेल प्रदर्शन गरे भने दोस्रो दिन मंगलबार आफ्नै गाउँकै मैदानमा दुई वा दुईभन्दा बढी ताजियाको मिलान अर्थात् जोरा लगाइने चलन छ ।

इस्लामिक क्यालेण्डरअनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेण्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेडरअनुसार नयाँ वर्षको पहिलो महिना पनि हो । यो महिनामा नै इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद पैगम्बर (स.)का नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको संरक्षणका लागि आफ्नो ज्यानको आहुति (बलिदानी) दिएका थिए ।

हजरत हसन र हुसैनले यहुदीहरूबाट धर्म संरक्षणको लडाइँमा शहीद भएका कारण उनिहरूकै सम्झनामा मुस्लिम समुदायले मोहरममा महिनामा तजिया बनाएर गम अर्थात दुःख मनाउने गर्छन् । तर इस्लामिक धर्मगुरुले तजिया नबनाएर पनि उहाँको सम्झिन सक्ने बताउँछन् ।

खेलतमसा वा दाहा नै बनाए हसन हुसेनलाई सम्झनु गलत रहेको इस्लामिक धर्मगुरुहरूको भनाइ छ । उनीहरूले यो महिनामा बढीभन्दा बढी धार्मिक तथा पुण्यको काम गर्न सुझाव दिन्छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ११ : ०० बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो