मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ  | Khabarhub Khabarhub

मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली, कपिलवस्तु र मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कैलालीको धनगढी उपमहानगरपलिका–२ ट्राफिक चोकबाट १ किलो ५ सय ग्राम चरेशसहित झाङ्ग दुर्गाथली गाउँपालिका–४ बस्ने २७ वर्षीय गणेश प्रसाद जोशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कपिलवस्तुको मायादेवी गाउँपालिका–१ इमिलियाबाट करिब १ ग्राम ९२ मिलिग्राम ब्राउन सुगरसहित रूपन्देही सैनामैना नगरपालिका–५ बुद्धनगर बस्ने २७ वर्षीय जनकराम घिमिरेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु.८२ प ३२२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ राप्ती चोकबाट करिब ३ सय ८० मिलिग्राम खैरो हिरोईनसहित सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने २५ वर्षीय सन्तोष पाण्डेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’