मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ  « Khabarhub

मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली, कपिलवस्तु र मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कैलालीको धनगढी उपमहानगरपलिका–२ ट्राफिक चोकबाट १ किलो ५ सय ग्राम चरेशसहित झाङ्ग दुर्गाथली गाउँपालिका–४ बस्ने २७ वर्षीय गणेश प्रसाद जोशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कपिलवस्तुको मायादेवी गाउँपालिका–१ इमिलियाबाट करिब १ ग्राम ९२ मिलिग्राम ब्राउन सुगरसहित रूपन्देही सैनामैना नगरपालिका–५ बुद्धनगर बस्ने २७ वर्षीय जनकराम घिमिरेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु.८२ प ३२२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ राप्ती चोकबाट करिब ३ सय ८० मिलिग्राम खैरो हिरोईनसहित सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने २५ वर्षीय सन्तोष पाण्डेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ४० बजे

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी