एक हजार तीन सय मतदाता बढे « Khabarhub

एक हजार तीन सय मतदाता बढे


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली संकलन अन्र्तगत दुई महिनामा एक हजार तीन सय ७९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । असारबाट सुरु भएको फोटोसहितको मतदाता नामावली संकलन कार्य सरकारले सङ्घ र प्रदेशको निर्वाचन गर्ने घोषणापछि साउन १९ गतेबाट मतदाता नामावली संकलन रोकिएको छ ।

साउन १९ सम्म जिल्लामा एक हजार तीन सय ७९ मतदाताले नामावली भरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी विशाल पुडासैनीले बताएका छन् । फोटोसहितको मतदाता नामावली जिल्ला बाहिरका १३ जनाले पनि बाजुराबाट नाम दर्ता गराएको सूचना अधिकारी पुडासैनीको भनाइ छ ।

 यो संख्या थपिएसँगै जिल्लामा ८८ हजार दुई सय १४ मतदाता सङ्ख्या पुगेको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ८६ हजार आठ सय ३५ मतदाता रहेका थियो । 

मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये केहीको उमेर नपुगेर घट्न सक्ने जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् । जिल्ला बाहिर दर्ता गराएको नामावली कार्यालयमा नआएको कारण यकिन तथ्यांक यही हो भन्न नसकिने जिल्ला निर्वाचन अधिकारी अवस्थीको भनाइ छ । गर्न मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा गरेकाले मतदान गर्न पाउने निर्वाचन आयोगले निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १ : ५२ बजे

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता