स्थानीय निर्वाचनलाई हेरेर सिट बाँडफाँड हुनुपर्छ : नेता खनाल | Khabarhub Khabarhub

स्थानीय निर्वाचनलाई हेरेर सिट बाँडफाँड हुनुपर्छ : नेता खनाल


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन्।

नेपाली चियाको गुणस्तरका बारेमा उठेका जिज्ञासाहरूका बारेमा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेपछि मंगलबार बालुवाटारमा सञ्चारकर्मीसँग  कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा सबै दलको हैसियत अनुसार समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताए हो

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँड गर्न आवश्यक रहेको उनको भनाइ छ । त्यस्तै खनालले वाम एकताको लागि सबैभन्दा ठूलो दल दल नै उदासीन रहेको अहिले नै बृहत् बाम एकताको सम्भावना नरहेको धारणा राखे।

त्यस्तै उनले नेपालमा उत्पादन भइरहेको चियाको मुख्य बजार भारत रहे पनि भारतको ३१ सदस्यीय संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको प्रति सरकारले आवश्यक कदम चाल्नुपर्ने भएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए।

भारतको उक्त प्रतिवेदनले चिया उत्पादकहरू चिन्तामा परेका कारण यसबारे सरकारले भारतसँग छलफल गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणमा क्रममा बीआरआई र सीमा समस्याका बारेमा कुराकानी गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  २ : ०२ बजे

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं–  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

वीरगञ्ज– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई