काठमाडौँबाट फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडीमाथि तोडफोड  « Khabarhub

काठमाडौँबाट फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडीमाथि तोडफोड 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गए राति काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफोड भएको छ ।

बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहर बोकेर गएका गाडीमाथि आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको बताइएको छ ।

गाडी तोडफोड भएसँगै आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन काम प्रभावित भएको छ । घटनाको बारेमा जानकारी लिनका लागि  स्थानीय र प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङलाई क्षतिको विवरण पठाउन पत्राचार गरेको कामपा वातावरण विभाग प्रमुख सरिता राईले जनाकारी दिइन्।

तोडफोड गरिएका सवारी तथा उपकरणहरूमध्ये क्याम्पिङ गर्ने र फोहर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएको प्रमुख राईले जानकारी दिइन्।  यस अघि पनि ल्याण्डफिल साइटका स्थानीयले पटक पटक अवरोध गर्दै आएपछि कामपा र स्थानीय बीच १८ बुँदे सहमति भएको थियो । सहमति अनुसार चरणबद्ध रूपमा कामपाले काम गरिरहेको पनि राईको भनाइ छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  २ : २५ बजे

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर