निर्वाचनका लागि एमालेले गरायो दल दर्ता « Khabarhub

निर्वाचनका लागि एमालेले गरायो दल दर्ता


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

मंगलबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।

दल दर्तापछि एमाले उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा एमाले गठबन्धन बनाएर चुनाव नलड्ने बताए। ज्ञवालीले विचार र एजेन्डा मिल्नेहरूसँग कहीँ कतै तालमेल हुनसक्ने जिकिर गरे।

निर्वाचनमा दलहरूका आफ्ना बिचारहरू जनतामाझ लगेर जनमत लिनुपर्ने भए पनि अहिलेको देखिएको गठबन्धनको प्रवृत्ति लोकतन्त्रका लागि दीर्घकालीन रूपमा स्वास्थ्यकर नरहेको उनले बताए।

ज्ञवालीले कांग्रेस जस्तो कुनै समयमा दुई तिहाइ बहुमत ल्याएको पार्टी अहिले तालमेल नगरी एउटा पनि निर्वाचन क्षेत्रमा लड्न नसक्ने अवस्थामा पुग्नु राम्रो नभएको धारणा पनि राखे।

बलियो दललाई गठबन्धन आवश्यक नपर्ने र कमजोर मात्रै गठबन्धन बनाएर जाने गरेको उनको भनाइ छ । आगामी निर्वाचनमा हालसम्म निर्वाचन आयोगमा १० वटा दलले दर्ता गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  २ : ३९ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको