आठ सय ६८ घरधुरीमा विद्युत् आपूर्ति ठप्प « Khabarhub

आठ सय ६८ घरधुरीमा विद्युत् आपूर्ति ठप्प


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथांका– सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिराले लघु जलविद्युत् आयोजनाको कुलो बगाउँदा गाउँ नै अन्धकार  भएको छ । सिलिचोङ–१ को सिसुवाखोला, वडा नं २ को बाला र ३ को ताम्कुका आठ सय ६८ घरधुरीमा विद्युत् आपूर्ति ठप्प भएको छ ।

निरन्तर परेको अविरल वर्षाका कारण सिसुवाखोलामा आएको बाढीले विद्युत् गृहसम्म लैजाने कुलोको मुहानमा करिब ३० मिटर बगाएको विद्युत् उपभोक्ता समितिका अध्यक्ष खेमराज मेवाहाङले जानकारी दिए । पहिराले ६० किलोवाट क्षमताको सिसुवाखोला लघु जलविद्युतको प्रसारण ठप्प भएको उनले बताए । विद्युत् आपूर्ति ठप्प भएपछि त्यस क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ । विद्युत् ठप्प भएपछि राइस मिल बन्द भएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  २ : ५२ बजे

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर