एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड « Khabarhub

 एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्युत् खपत बढाउन, स्वच्छ भान्छामा खाना पकाउन, वातावरणीय स्वच्छता कायम राख्न, महिलामाथिको कार्यबोझ कम गर्न र आयातित एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको समन्वयमा जिआइजेड/इन्डेभले आज आयोजना गरेको नेपालमा विद्युतीय चुलोको प्रवर्द्धन भूमिका, उत्तरदायित्व, अवसर र अवधारणा विषयक कार्यशालाका सहभागीले मुलुक विस्तारै विद्युतीय ऊर्जामा आत्मनिर्भर हुन गइरहेको सन्दर्भमा विद्युतीय चुलाको प्रयोगलाई बढाउँदै लैजानुपर्ने र यसका लागि तीनै तहका सरकार, निजी क्षेत्र र सहयोगी दातृ संस्थाले उपयुक्त नीति, कार्यक्रम र योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

कार्यशालामा पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले स्वदेशी विद्युत् खपत बढाउन विद्युतीय चुलोको प्रयोगसँगै रोप–वेजस्ता प्रविधिहरूको प्रवर्द्धन गर्न सकिएमा आयातीत इन्धनको निर्भरता कम गर्न सकिने र यसले राष्ट्रिय अर्थतन्त्रमा बल पुग्ने विश्वास व्यक्त गरे । 

उनले ग्रामीण क्षेत्रमा निर्माण गरिएका लघुजलविद्युत् आयोजना, वायोग्यासजस्त प्रविधिको दिगो सञ्चालनबाट स्वच्छ भान्छाको अभियान सफल हुने बताउँदै आम जनतादेखि नीतिनिर्माण गर्ने तहसम्म व्यवहार, प्रविधि र व्यवस्थापनमा नवीनता ल्याउन जरुरत रहेको उल्लेख गरे ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक कार्यकारी निर्देशक नवराज ढकाल, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक सदस्य कपिल आचार्य, वातावरणविद् भुषण तुलाधर र ऊर्जाविद् डा इन्दिरा शाक्यले पनि नेपालको आर्थिक समृद्धि र जनताका जीवनस्तरमा सुधार ल्याउन विद्युतीय चुलोको प्रवर्द्धन गर्नुको विकल्प नभएको तर्क गरे । 

कार्यक्रममा अजम्बरी फाउण्डेशनका सुवर्ण कपालीले आयातित ग्यासलाई न्यूनीकरण गरी स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउने उद्देश्यले २०७५ सालदेखि विद्युतीय चुलो राष्ट्रिय अभियानको कार्यान्वयन र यसका सिकाइहरुका बारेमा तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक डा रणबहादुर थापाले विद्युतीय चुलोको कार्यान्वयन र प्रवर्द्धनका लागि सरकारले लिएका रणनीति र योजनाको बारेमा प्रस्तुतिकरण दिएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ३ : ०० बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा