फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : मेयर शाह  « Khabarhub

फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : मेयर शाह 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले फोहोर बोक्ने तथा व्यवस्थापनमा प्रयोग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताएका छन् ।

अज्ञात व्यक्तिले सोमबार राति बन्चरे डाँडामा रहेका फोहोर बोक्ने र व्यवस्थापनमा प्रयोग गरिने साधनमाथि तोडफोड भएपछि मेयर शाहले उक्त कार्य जघन्य अपराध भएको प्रतिक्रिया दिएका हुन् ।

विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास नगर्न आग्रह गरेका उनले फोहोर बोक्ने साधनमाथिको तोडफोड घटनाको अनुसन्धान गर्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

सवारीसाधन तोडफोड गर्नलाई कडा कारबाही गर्न माग गर्दै मेयर शाहले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा यस घटनालाई लिएको बताएका छन् ।

सवारीसाधन तोडफोड घटनालाई लिएर मंगलबार अपराह्न मेयर शाहले फेसबुकमा लेखेका छन् :

फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशील छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरण बद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।

यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरूको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा हामीले यसलाई लिएका छौँ । 

कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरूको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरूलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरूबाट नै यसको भरपाई तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको छ ।

केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरूको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ३ : ३५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका