नागासाकीमा आणविक बम आक्रमणको स्मरण « Khabarhub

नागासाकीमा आणविक बम आक्रमणको स्मरण


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानको नागासाकी सहरमा मङ्गलबार अमेरिकी आणविक बम आक्रमणको ७७ औँ वार्षिकीको आयोजना गरिएको छ ।

आज उक्त घटनाको स्मरणमा विभिन्न अन्तर्राष्ट्रिय समुदायले जापानलाई आफू पीडितको रुपमा मात्र नलिन आग्रह गरेको चिनिायाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

मङ्गलबारको वार्षिक समारोहमा जापान सरकारले कोभिड–१९ का प्रतिबन्धहरू खुकुलो बनाएर थप मानिसहरूलाई उपस्थित हुन अनुमति दिइएको थियो ।

उक्त समारोहमा ८० भन्दा बढी राष्ट्रका अधिकारी र प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साथै आणविक बमबाट बाँचेकाहरु र मृतकका आफन्तहरुको पनि सहभागिता रहेको थियो ।

उनीहरुले यस दिनलाई एक दुःखद् दिनका रुपमा स्मरण गरेका थिए । उनीहरुले यस्तो विनाशकारी दिन जापानमात्र नभई संसारमा नै कहिल्यै नआओस् भन्ने कामना पनि गरेका थिए ।

सन् १९४५ मा आजकै दिन बिहान ठीक ८ः१५ बजे जापानको नागासाकीमा नगरमा अमेरिकी युद्धक विमानले विनाशकारी बम खसालेको थियो ।

स्थानीय समयानुसार मङ्गलबार बिहान ११ः०२ मा यस समारोहमा उपस्थित व्यक्तिहरूले मौनधारण गरेका थिए । आजभन्दा ७७ वर्षअघि दोस्रो विश्वयुद्धताका सन् १९४५ का अगस्त ६ र ९ का दिन जापानका हिरोसिमा र नागासाकी नगरमा अमेरिकाले अणुबम खसालेको थियो ।

‘लिटिल ब्वाइ’ र ‘फ्याट म्यान’ नाम दिइएका दुई बम विस्फोटबाट हिरोसिमामा र नागासाकीमा गरी करिब एक लाख ४० हजार नागरिकले तत्कालै ज्यान गुमाएका थिए । यस बमको असरले पछि कति नागरिक मरे भन्ने यकिन तथ्याङ्क कतै भेटिँदैन ।

उक्त घटना भएको पाँच वर्षभित्र दुबै नगरमा आणविक विकिरणबाट प्रभावित थप एक लाख चार हजार नागरिकको मृत्यु भएको थियो । अमेरिकाविरुद्ध युद्ध लडेको जापानले यस अवधि र युद्धपश्चात् आफ्ना करिब दुई लाख पचास हजार नागरिकको ज्यान गुमाएको थियो ।

तत्कालीन अवस्थामा योभन्दा बढी सङ्ख्याका जापानी विकिरणबाट उत्पन्न विभिन्न रोगका कारण अङ्गभङ्ग भई बाच्न विवश भए । युद्धकालमा विकिरणबाट प्रभावित कतिपय जापानी तथा तिनका सन्तान समेत अनेक रोगबाट पीडित छन् ।

हिरोसिमा नगरमा खसालिएको बम, २० हजार टन टीएनटी बराबरको थियो । उक्त बममा युरेनियम–२३५ नामक रासायनिक तत्व प्रयोग गरिएको थियो र त्यसलाई ‘लिटिल ब्वाइ’ भन्ने नाम दिइएको थियो ।

दश फिट लम्बाइको यस पारमाणबिक बमलाई इनोला गे उपनाम दिइएको बी–२९ सुपर फोरट्रेस बमवर्षक विमानको बाहिरी भागमा झुन्ड्याइएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ४ : ०८ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक