गठबन्धन नेतालाई जिताउन मात्र हैन : सञ्चारमन्त्री कार्की « Khabarhub

गठबन्धन नेतालाई जिताउन मात्र हैन : सञ्चारमन्त्री कार्की


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताएका छन् । उनले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आज बनेपामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गठबन्धन नेतालाई निर्वाचनमा जिताउन मात्रै नभई मुलुकलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताएका हुन् ।

“गठबन्धन मुलुकको आवश्यकता हो, गठबन्धनको निर्माणपछि संविधान र लोकतन्त्रको रक्षा भई  देश विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ”, सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने । उनले आगामी दिनमा गठबन्धन कायम राख्दै आउँदो निर्वाचन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा अगाडि बढिरहेको बताए।

मन्त्री कार्कीले निर्वाचनपश्चात् पनि गठबन्धनको साझा अवधारणाअनुरूप अगाडि बढेर देश स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने दोहोर्‍याए। उनले भने, “संविधानको रक्षा, मुलुकमा कानूनी शासनको प्रत्याभूति र सुशासनलाई यो सरकारले आफ्नो प्रमुख कार्यभारको रूपमा अङ्गिकार गर्दै  मुलुकलाई सोही दिशातर्फ अघि बढाएको छ ।” मुलुकलाई राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिको दिशामा मुलुकलाई लैजान यो सरकार गठन भएको उनको जिकिर थियो ।

गठबन्धनको चुनावी तालमेल कार्यदलले के के गर्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री कार्कीले कार्यदलको बैठक सुरु भई सकारात्मक रूपमा अघि बढेकाले कार्यदलले कसरी, कुन कुन पार्टीलाई एकजुट बनाएर लैजाने भन्ने छलफल गरेर छिट्टै शीर्षस्थ नेतृत्वलाई प्रतिवेदन दिन्छ भने । “राजनीतिमा पावर शेयरिङ पनि महत्त्वपूर्ण विषय हो, यसबारे गम्भीर छलफल हुन्छ”, उनले भने ।

मन्त्री कार्कीले मुलुक स्थानीय निर्वाचन सम्पन्न गरी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन उन्मुख भएको उल्लेख गर्दै त्यस निर्वाचनले लोकतन्त्रको जगलाई अझ मजबुत बनाएको दाबी गरे। उनले स्थानीय निर्वाचनमा झैँ शान्तिपूर्ण, निष्पक्ष र निर्भय ढङ्गले आगामी मङ्सिर ४ गते सम्पूर्ण नागरिकले स्वतन्त्र, निष्पक्ष र निर्भयताका साथ मतदानमा भाग लिनु हुने विश्वास व्यक्त गरे।

उनले भने, “यो निर्वाचनले मुलुकलाई संविधानको परिकल्पनाअनुसार नेपालीको समृद्ध बन्ने आकाङ्क्षालाई मूर्तरूप दिन नेपाली कांग्रेसलाई अग्रणी पार्टीका रूपमा स्थापित गर्नुपर्ने आजको दायित्व हो ।” उनले फरक प्रसङ्गमा नेपाल दक्षिण एसियामा नै कोभिडविरुद्धको खोपमा अग्रणी देशका रूपमा स्थापित भएको बताए। कार्यक्रम युनियनका जिल्लाध्यक्ष नगेन्द्र अधिकारीको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : १४ बजे

जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी

काठमाडौं– जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक

कालो बेलुन उडाउँदै विद्यार्थीले मागे गृहमन्त्रीको राजीनामा (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध विभिन्न विद्यार्थी समूहले कालो

वैशाख १ देखि ९ गतेसम्म विपद्का १ सय ६३ घटना, १६ जनाको मृत्यु 

काठमाडौं– २०८३ वैशाख १ गतेदेखि ९ गतेसम्म देशभर भएका विभिन्न

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व संकलन

जनकपुरधाम– यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ

सबैलाई साथमा लिएर १५औँ महाधिवेशन सफल बनाउँने छाैँ : सभापति थापा

मोरङ– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई सफल