मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । चोरी गरिएका १२ थान मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले मगंलबार सार्वजनिक गरेको हो ।

उनीहरूले बाराको महागढीमाई नगरपालिका १ स्थीत बरियारपुरबाट गत १९ बिहिबारबाट २ वटा मोटरसाईकल चारी गरी भाग्ने क्रममा प्रहरीले पचरौता नगरपालिका ७ बेनौलीका २१ वर्षीय बिशाल कुमार सहनी र सोही स्थानका २० वर्षीय भोला पटेललाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेकालाई बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान गर्दै जाने क्रममा उनीहरूको वयानका आधारमा मोटरसाइकल चोरीमा संलगन थप चारजना मानिस सहित विभिन्न कम्पनीको १२ थान चोरीको मोटरसाइकल समेत वरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

प्रहरीले चोरीमा संलगन रहेका पचरौता नगरपालिका ७ का २१ वर्षीय बिशाल कुमार सहनी, २० वर्षीय भोला पटेल, २० वर्षीय बृजमोहन साह सोनार, २० वर्षीय बिजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनीलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूले बाराको कलैया, महागढी तथा आसपासको क्षेत्रबाट विभिन्न मितिमा चोरी गरेका बजाज र हिरोहोन्डा कम्पनीका एक दर्जन मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ८ : ५९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह