मलेसियामा मृत्युदण्ड हुनबाट जोगिए एक नेपाली | Khabarhub Khabarhub

मलेसियामा मृत्युदण्ड हुनबाट जोगिए एक नेपाली

परिवर्तित सजाय १२ वर्ष कैद, अब भुक्तान गर्न बाँकी ६ वर्ष



दोहा – वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत एक नेपाली मृत्युदण्डको सजाय हुनबाट जोगिएका छन्। धनुषाको गोविन्दपुरका सुरजदेव साह तेलीलाई मृत्युदण्ड नदिइने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

मलेसियाको अदालतले सुरजदेवलाई सुनाएको मृत्युदण्डको सजाय परिवर्तन गरेको हो। अब उनलाई १२ वर्ष कैदको सजाय सुनाइएको दूतावासले एक सूचना गरी गर्दै जानकारी दिएको छ।

उनलाई सन् २०१६ डिसेम्बरमा कर्तव्य ज्यानको कसुरमा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। ईपो उच्च अदालतले २०२० अगस्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो।

दूतावासका अनुसार मृत्युदण्डको फैसलाविरुद्ध उनको तर्फबाट पुनरावेदन गरिएको थियो। पुत्रजयास्थित पुनरावेदन अदालतले बिहीबार १२ वर्ष कैदको सजाय कायम गरेको हो।

फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गर्दै सजाय तोकिएको हो। उनले ६ वर्ष कैद भुक्तान गरिसकेको र अब बाँकी कैद सजाय भुक्तान गरेर नेपाल फर्किने जनाइएको छ।

यसअघि पनि मलेसियामा लागूऔषध तस्करी र बिक्रीवितरणको अभियोगमा पक्राउ परी मृत्युदण्डको सजाय सुनाइएका एक नेपाली युवा मृत्युदण्डबाट जोगिएका थिए । गाँजा तस्करीको अभियोगमा मृत्युदण्डको सजाय पाएका नेपाली युवा राजकुमार साह मृत्युदण्ड हुनबाट जोगिएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ४९ बजे

गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षक तुलाधरको मृत्यु

काठमाडौं– सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको

७४ हजार जनशक्ति दीक्षितः न अर्निङ, न लर्निङ

नेपालमा थुप्रै विश्वविद्यालय अहिले पनि छन्, सबै चलिराखेका छन्। विद्यार्थीहरू

१८ वर्षपछि सडक कालोपत्र गरिँदै

बागलुङ– बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको

१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं– १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम

नयाँ वर्षमा नयाँ आकाङ्क्षा : धेरैको नजर रुस-युक्रेन युद्धमा

एजेन्सी – सन् २०२५ को जनवरी १ संसारका धेरै नेताका