कतार विश्वकप : हय्या कार्ड भएकाले तीन जनालाई कतारमा ल्याउन पाउने  « Khabarhub

कतार विश्वकप : हय्या कार्ड भएकाले तीन जनालाई कतारमा ल्याउन पाउने 


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दोहा – हय्या कार्ड भएकाहरुले आगामी नोभेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को प्रतियोगिता हेर्नका लागि तीन जनालाई ल्याउन पाउने भएका छन्।

फिफा विश्वकप कतारका टिकट वाहकले टिकट नपाएका तीनजना साथी वा आफन्तलाई ल्याउन र हय्या कार्ड लिंक गर्न सक्ने भएका छन्। यसले उनीहरूलाई कतार प्रवेश गर्न र विश्वकप हेर्न अनुमति दिनेछ।

सुप्रीम कमिटी फर डिलिवरी लिगेसीका महानिर्देशक इन्जिनियर यासिर अल-जमालले पत्रकार सम्मेलनमार्फत यस्तो घोषणा गरेका हुन्। ‘हामी वान प्लस थ्री नीति लागू गर्नेछौँ जसमा प्रतियोगिताको समूह चरण नोभेम्बर २० देखि ६ डिसेम्बरसम्मको अवधिमा विश्वकप टिकट भएकाले आफ्नो हय्या पासलाई टिकट नभएका तीन जना प्रशंसकहरूसँग लिङ्क गर्न सक्षम हुनेछन्।’ महानिर्देशक जमालले भने।

यो नियम अर्को हप्तादेखि लागू हुनेछ। प्रतियोगिता पारिवारिक कार्यक्रम होस् भनेर यो नीति ल्याइएको हो। टिकट नभएकाहरूलाई केही शुल्क लाग्ने तर १२ वर्षमुनिका बालबालिकालाई निःशुल्क थप्न सकिने उनले बताए।

डिसेम्बर १८ सम्म चल्ने प्रतियोगितामा विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ५८ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले