बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त  « Khabarhub

बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त 


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई माया गर्ने व्यक्तित्व गुमाएको उल्लेख गरेका छन्।​

सन् १९६१ र सन् १९८६ मा भएका उनका दुई राजकीय भ्रमणलाई स्मरण गर्दै देउवाले एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको उल्लेख गरेका हुन्।​ एलिजाबेथ द्वितीयाले आफूलाई काम, सम्मान र सेवाले परिचित गराएको देउवाको भनाइ छ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुई पोस्ट गर्दै श्रद्धान्जली र समवेदना व्यक्त गरेका हुन्।

एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्।

उनको बिहीबार स्कटल्याण्डको वालमोरलमा निधन भएको थियो।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ५८ बजे

‘जेनजी’को नाममा भएको हिंसालाई जायज ठहर्‍याउने प्रयास खतरनाक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित