बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त  « Khabarhub

बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त 


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई माया गर्ने व्यक्तित्व गुमाएको उल्लेख गरेका छन्।​

सन् १९६१ र सन् १९८६ मा भएका उनका दुई राजकीय भ्रमणलाई स्मरण गर्दै देउवाले एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको उल्लेख गरेका हुन्।​ एलिजाबेथ द्वितीयाले आफूलाई काम, सम्मान र सेवाले परिचित गराएको देउवाको भनाइ छ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुई पोस्ट गर्दै श्रद्धान्जली र समवेदना व्यक्त गरेका हुन्।

एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्।

उनको बिहीबार स्कटल्याण्डको वालमोरलमा निधन भएको थियो।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ५८ बजे

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर