काठमाडौँमा एकै दिन मापसे गर्ने १८० सवारी चालक कारबाहीमा  « Khabarhub

काठमाडौँमा एकै दिन मापसे गर्ने १८० सवारी चालक कारबाहीमा 


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १८० जना चालकलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको हो ।

बिहीबार उपत्यकामा कुल ३ हजार १८३ जना सवारी चालकलाई विभिन्न कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने ८३, रेड लाइटमा सवारी साधन चलाउने ६०, निषेधित क्षेत्रमा हर्न बजाउने १५१ र नम्बर प्लेट राम्रोसँग नराख्ने ३४ जना सवारी चालक रहेका छन् ।

यस्तै २ हजार ६७५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : १७ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो