उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने « Khabarhub

उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट एसईईमा उत्कृष्ट अंकसहित उत्तीर्ण हुने एक जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले एसईईका उत्कृष्ट एक जना विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएका हुन् । गाउँपालिकामा डाक्टर र इन्जिनियर उत्पादन गर्ने लक्ष्यका साथ विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाले अभिभावकसँगको समन्वयमा विद्यालय छनौट गरेर उत्कृष्ट विद्यार्थीलाई गाँस, वास र कपासको व्यवस्था सहित छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको जनाएको छ ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एक वटा आवासीय विद्यालय सञ्चालनका लागि अध्ययन गर्न कार्यदल बनाउने घोषणा गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेसनको मोडलमा आवासीय विद्यालय सञ्चालनका लागि कार्यदल बनाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । शुभम् फाउण्डेसनले विद्यार्थीलाई ‘गरी खान सिकाउने’ व्यवहारिक शिक्षाको अभ्यास गराउँदै आएको छ ।

 दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ‘दिप्रुङ चुईचुम्माको आव्हान, गुणस्तरीय शिक्षाको अभियान’ भन्ने नारा सहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ । हाजिरी जवाफ, निबन्ध लेखन, चकलेट दौड लगायतका प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै शुक्रबार दिवस समापन गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ११ : १९ बजे

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर