भक्तपुरमा इन्द्रजात्रा : आज साँझ सिद्ध पोखरीमा दीपावली हुने  « Khabarhub

भक्तपुरमा इन्द्रजात्रा : आज साँझ सिद्ध पोखरीमा दीपावली हुने 


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको सबैभन्दा ठूलो सिद्ध पोखरीमा शुक्रबार साँझ दीपावली हुँंदैछ । पोखरीमा भोलि शनिबार मेला लाग्नेछ ।

भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित सिद्ध पोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली र त्यसको भोलिपल्ट मेला लाग्ने गर्दछ । मेला भर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतका नजिकका जिल्लाहरूबाट हजारौँ श्रद्धालु पोखरीमा पुग्ने गर्दछन् ।

स्थानीयको अगुवाइमा साँझ दीपावली गरिने चलन छ । पोखरीको चारैतिर तल र माथि गरी दुई तलमा लहरै दियो राखी दीपावली गरिन्छ । त्यसै पनि आकर्षित पोखरीमा साँझ दीपावली गरेपछि अझ यो आकर्षित देखिन्छ । त्यही कारण यो दृश्य हेर्न पोखरीमा भीड लाग्ने गर्दछ ।

स्थानीयका अनुसार त्यसका लागि झन्डै एक हजार पाँच सयभन्दा बढी दियो आवश्यक हुने जनाइएको छ । दीपावलीका लागि आवश्यक तेल भक्तपुर नगरपालिकाले दिने गर्दै आएको छ । स्वयंसेवकका रूपमा स्थानीय वडावासी खटिने गर्दछन् । दीपावलीका लागि स्वयंसेवक मात्रै एक सयभन्दा बढी खटिन्छन् ।

भक्तपुर नगरपालिका-१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले यो वर्ष पनि वडावासी नै स्वयंसेवकका रूपमा खटिने र आवश्यक तेल नगरपालिकाले व्यवस्था गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ११ : ५४ बजे

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर