कांग्रेस मनाङले टुङ्ग्यायो उम्मेदवारको सिफारिस « Khabarhub

कांग्रेस मनाङले टुङ्ग्यायो उम्मेदवारको सिफारिस


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मनाङ– नेपाली कांग्रेस मनाङले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई उम्मेदवार बनाउनका लागि सर्वसम्मत सिफारिस गरिएको छ ।

कांग्रेसको जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट आएको सिफारिसअनुसार नेता गुरुङलाई एकल र सर्वसम्मतरूपमा सिफारिस गरेको पार्टी सभापति शंकरगुरुङले जानकारी दिए । प्रतिनिधिसभा समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्युङ गुरुङ (कर्मा) लाई सिफारिस गरिएको छ ।

प्रदेशसभा क्षेत्र नं १ (क) मा प्रत्यक्षतर्फ सङ्दो लामा, चन्द्र घले, छिरिङ घ्याल्पो लामा र मुनिन्द्रजङ्ग लामाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ महेन्द्र घलेको नाम सिफारिस गरिएको जनाइएको छ ।

प्रदेशसभा क्षेत्र नं १ (ख) मा गठबन्धन सरकारका स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको सभापति गुरुङले बताउनुभयो । गण्डकी प्रदेश सरकारमा गठबन्धनका पार्टी र स्वतन्त्र सांसद सहभागी छन्। यसअघि राजीव गुरुङ (दीपक मनाङगे)  मनाङबाट स्वतन्त्ररूपमा प्रत्यक्षबाट निर्वाचित भएका थिए । 

कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेल्नुभएका खेलकुदमन्त्री गुरुङलाई कांग्रेसले गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको बताइएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र (ख) समानुपातिकतर्फ कांग्रेसले जनजातितर्फ कर्मा गुरुङ र महिलातर्फ गीता गुरुङलाई सिफारिस गरेको जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १२ : ३० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र