महारानी एलिजाबेथको निधनप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त « Khabarhub

महारानी एलिजाबेथको निधनप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन खबरले दुःखी बनाएको बताएका छन् ।

बिहीबार बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको थियो । पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उनका संवाद सचिव डा फणीराज पाठकले शुक्रबार शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गरेका छन् ।

महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ,’ शोक सन्देशमा उल्लेख छ ।

सात दशक राजगद्दीमा बसेर शालीन र उच्च राजकीय मूल्य निर्वाह गरेको र नेपालप्रति देखाएको अगाध आत्मीयता स्मरण भइरहने पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको शोक सन्देश :

संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयाको निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ । स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिबक्सेको कुरा सदा स्मरणीय छ । साथै नेपालप्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ ।

नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेट वार्तालाई गहनतम प्राथमिकता दिएका छौं ।

उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १ : १९ बजे

श्रीलङ्काले थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो

एजेन्सी – श्रीलङ्का सरकारले विद्युतीय उपकरण, सरसफाईसम्बन्धी र खाद्य सामग्रीलगायत

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज जेठ २७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून १०,

मालिकाका चार सय घरधुरीमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको दुई वटा वडाका चार सयभन्दा बढी

प्रधानमन्त्री प्रचण्डद्वारा पशुपतिनाथ पुगेर आरती अवलोकन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा गएका छन् ।

वातावरण संरक्षणमा सबैको सक्रियता आवश्यक 

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सुन्दर, सफा