महानगरद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु « Khabarhub

महानगरद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आज बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन सुरु गरेको हो ।

वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर निर्माण गरिएका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे पनि व्यापारीले नहटाएका कारण महानगरको टोलीले हटाउन सुरु गरेको हो । पटक–पटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगत रूपमा उत्रिएर संरचना हटाउन थालिएको अध्यक्ष सङ्गतले बताए।

पशुपति क्षेत्रका पसल व्यवसायीलाई आज अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गरे शनिबारदेखि महानगरले सामान उठाएर लैजानेसमेत अध्यक्ष सङ्गतले जानकारी दिए। पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना आजदेखि बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

दसैँ–तिहारजस्ता चाडबाडका बीचमा पसल हटाउँदा रोजीरोटी गुम्ने अवस्था आएकाले महानगर तथा वडा कार्यालयले आफ्ना समस्याका विषयमा विचार गरी चाडबाडसम्म पसल सञ्चालन गर्न दिन व्यापारीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ३ : २५ बजे

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,

औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै सिभिल अस्पतालका आठ जना कर्मचारी विरुद्ध मुद्दा दायर 

काठमाडौं– औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका फार्मेसी

संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– स्वतन्त्र दलित नागरिक समाज नेपालले संविधान संशोधन प्रक्रियामा दलित

‘लगानीकर्ताको लगानीको स्रोतहरू खोज्न थाल्यो भने बजार धराशायी हुन्छ’

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि औसत रूपमा ओरालो लागेको