समृद्धिको अर्थ आर्थिक विकास मात्र होइन : राष्ट्रपति  | Khabarhub Khabarhub

समृद्धिको अर्थ आर्थिक विकास मात्र होइन : राष्ट्रपति 


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिको अर्थ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी छन्।

किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा शुक्रबार काठमाडौँमा आयोजित दुई दिने किताब जात्रा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र नभई ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी हुन्।

उनले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिइन्। यसका लागि यसका लागि कारागार र  सार्वजनिक स्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाउनुपर्ने उनले बताइन् । त्यस्तै उनले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने र जीवनका विभिन्न आयामबाट पनि अध्ययन हुने बताइन्।

कार्यक्रममा यस वर्षको प्रेम साहित्य सम्मान आख्यानकार गौतमलाई प्रदान गरिएको थियो । यसैगरी किताब जात्रा उत्कृष्ट बिक्री पदक संस्कृतिविद् जोशीका बारेमा लेखिएको पुस्तक ‘सत्यमोहन’ का लेखक गिरिश गिरीलाई प्रदान गरिएको थियो । शनिबारसम्म चल्ने जात्रामा करिब ६० प्रकाशन गृहका पुस्तक प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ३ : ३८ बजे

गङ्गादशहरा पर्वका अवसरमा बेहडाबाबा मन्दिरमा मेला

कैलाली – धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा

संवैधानिक परिषद्‍बाट निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस

काठमाडौं– निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस  भएको छ ।

बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन : नेता जबरा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपति शमशेर जबराले

सय दिने प्रगति सुनाउँदै खेलकुद मन्त्रीले भने : कीर्तिपुरमा चाँडै फ्लड लाइट र स्कोर बोर्ड जोडिन्छ

काठमाडौं- युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पदवहाली भएपश्चात सय

भेरी नदीमा बेपत्ता दुई जनाको शव सशस्त्रको गोताखोरले निकाल्यो

सुर्खेत– सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका