जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छ : महासचिव पोखरेल « Khabarhub

जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छ : महासचिव पोखरेल


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भरतपुर– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका हुन् ।

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक रूपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाउँमा मात्र तालमेल हुने बताए ।

उनले भने, ‘स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन ।’ उनले एमाले नीतिका आधारमा जनतामाझ जाने जानकारी पनि दिए । एमाले आफ्नो मान्यतामा दृढ रहेकोसमेत उनले स्पष्ट पारे ।

निर्वाचनको समयमा जनताका मुद्दामा बहस केन्द्रित हुनुपर्ने भन्दै उनले मुलुकलाई सही दिशामा लैजानका लागि एमालेको नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिए

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ३ : ५० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष