एलिजावेथको निधनमा भारतले राष्ट्रिय शोक मनाउने « Khabarhub

एलिजावेथको निधनमा भारतले राष्ट्रिय शोक मनाउने


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ ।

भारत सरकारले आगामी सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् ।

“उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ”, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

शोक मनाउने दिन भारतभर र विदेशस्थीत भारतीय कार्यालयहरुमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ ।

भारतका प्रधानमन्त्री र विदेश मन्त्रीले भने उनको निधनप्रति यसअघि नै शोक वक्तव्य प्रकाशित गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती महारानीलाई प्रेरणादायी नेतृत्वको रुपमा स्मरण गरेका छन् । उनले प्रकाशित गरेको शोक वक्तव्यमा महारानीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूति व्यक्त गरिएको छ ।

सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटेको स्मरण पनि उनले गरेका छन् । “उहाँको त्यो आत्मियता, स्नेह र अभिभावकत्व मैले कहिले भुल्न सक्दिन”, प्रधानमन्त्री मोदीले लेखेका छन् ।

उनको निधनप्रति विश्वका अन्य देशका नेताहरुले पनि शोक व्यक्त गरेका छन् भने अन्य देशहरुले पनि शोक मनाउने निर्णय गरेका छन् ।

बेलायतको इतिहासमा सबैभन्दा धेरै समय राजगद्दीमा रहेकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो ।

उनले बेलायतको रानीको रुपमा ७० बर्षभन्दा बढी समय रहेकी थिइन् । उनको निधनसँगै उनका छोरा चार्ज तृतीय बेलायतको राजा बनेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ५ : ४५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको