समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जित आवश्यक : नेता बस्नेत « Khabarhub

समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जित आवश्यक : नेता बस्नेत


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जित आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ कार्यक्रममा उनले मुलुकको विकासका लागि कांग्रेसको जित आवश्यक रहेको बताएका हुन् । ‘संविधान निर्माणको नेतृत्व गर्ने दल कांग्रेसले नै समृद्ध मुलुक निर्माण गर्छ, समृद्ध मुलुक निर्माणका लागि आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसले जित्नु आवश्यक छ’, उनले भने ।

नेता बस्नेतले कांग्रेसलाई जिताउनका लागि कांग्रेस नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताए । जननायक बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर राणालगायतले देखाएको बाटोमा कांग्रेस हिँड्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस क्षेत्र नं ६ का सांसद एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रलाई जनतामाझ लैजान जननायक बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको बताए । संघीय लोकतन्त्र स्थापना गर्न बीपी कोइरालाको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो । सांसद प्रधानले पार्टी विधानअनुसार चल्नुपर्ने बताए ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले आगामी निर्वाचनमा कांग्रेसलाई विजय गराउन सबै नेता तथा कार्यकर्ता मन, वचन र कर्मले लाग्नुपर्ने बताए । ‘कांग्रेसलाई जिताउनका लागि सबै लाग्नुपर्छ, एउटै व्यक्तिले पटकपटक टिकट पाउने परिपाटी पार्टीभित्र अन्त्य हुनुपर्छ, युवालाई अवसर दिएमात्र पार्टी चलायमान हुन्छ’, उनले भने।

कांग्रेस बागमती प्रदेशकी सहमहामन्त्री एवं प्रदेशसभा सदस्य जीवन डङ्गोल र काठमाडौँ महानगरपालिकाका पूर्वउपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले प्रजातन्त्र स्थापनाका लागि महिलाको महत्वपूर्ण योगदान रहेको भन्दै आगामी निर्वाचनमा पार्टीले महिलालाई धेरैभन्दा धेरै टिकट दिएर न्याय गर्नुपर्ने बताए ।

कांग्रेस तारकेश्वर नगरपालिकाका सभापति एवं सो नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले आगामी निर्वाचनमा कांग्रेसलाई विजय गराउनका लागि सबै नेता तथा कार्यकर्ता एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।  

कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट काठमाडौँका विभिन्न स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ३८ बजे

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल