एलिजावेथको निधनमा नेपालमा तीन दिन शोक, राष्ट्रिय झण्डा आधा झुकाइने « Khabarhub

एलिजावेथको निधनमा नेपालमा तीन दिन शोक, राष्ट्रिय झण्डा आधा झुकाइने


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा नेपालमा तीन दिन शोक मनाउने भएको छ ।

सरकारले महारानीको निधनमा यही भदौ २५, २६ र २७ गते तीन दिन शोक मनाउने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्वितीयको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गर्ने निर्णय समेत गरेको छ ।

यससँगै सरकारले नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

महारानी एलिजावेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : २७ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष