कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा रेग्मी चयन « Khabarhub

कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा रेग्मी चयन


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा डिभिजन वन कार्यालय खोटाङका प्रमुख जगदीश रेग्मी चयन भएका छन् । कर्मचारी मिलन केन्द्रको शुक्रबार सम्पन्न साधारणसभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

११ सदस्यीय केन्द्रको उपाध्यक्षमा जिल्ला मालपोत कार्यालयका प्रमुख धर्मराज आचार्य, सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र राई र कोषाध्यक्षमा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिक्तेलका प्रमुख काजी बस्नेत चयन भएका छन् । 

सदस्यमा जिल्ला आयुर्वेद कार्यालयका प्रमुख उमेशकुमार मेहता, नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मी, स्वास्थ्य कार्यालय खोटाङका प्रशासकीय अधिकृत रबिन फुयाँल, नापी कार्यालयका प्रमुख मदन खत्री र पदेन सदस्यमा आधिकारिक ट्रेड युनियन खोटाङका अध्यक्ष ध्रुवकुमार कार्की चयन भएका छन् । दुई सदस्य पछि थप गरिने कर्मचारी मिलन केन्द्रले जनाएको छ ।

संस्थाको मर्यादा र छविलाई उच्च बनाउँदै व्यावसायिक, निष्ठावान् र कर्तव्यपरायण बनाउँदै सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गर्ने कर्मचारी मिलन केन्द्रका नवनिर्वाचित अध्यक्ष रेग्मीले बताए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ५८ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका