चीनसँग व्यापार घाटा बढेसँगै भुटानमा विदेशी मुद्राको सञ्चिती घट्दै « Khabarhub

चीनसँग व्यापार घाटा बढेसँगै भुटानमा विदेशी मुद्राको सञ्चिती घट्दै


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भुटानमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको पाइएको छ । भारतीय आर्थिक अनलाइन समाचार साइट इकोनोमिक टाइम्सले जनाएअनुसार भुटानमा विदेशी मुद्राको सञ्चिती ९७ करोड अमेरिकी डलरमा सीमित भएको छ ।

त्यसअघि अघिल्लो वर्षको अन्त्यमा त्यहाँ विदेशी मुद्राको सञ्चिती १ अर्ब ४६ करोड अमेरिकी डलर रहेको थियो । भुटानको वाह्य ऋण भने बढेर ३ अर्ब २० करोड पुगेको छ ।

यसअनुसार भुटानसँग १४ महिनाका लागि आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिती रहेको छ । यद्यपि भुटानी अधिकारीहरुले भने आर्थिक संकट नआओस् भन्नाका लागि विभिन्न कदमहरु चालेको जनाइएको छ ।

भुटानले अत्यावश्यक र कृषि र पर्यटनका लागि आवश्यकबाहेक सबै किसिमका सवारी आयातमा प्रतिबन्ध लगाएको छ । जलविद्युत् र पर्यटनमा आधारित भुटानको अर्थतन्त्र पछिल्लो समय धर्मराएको बताइन्छ ।

कोरोना भाइरसको महामारीका कारण पर्यटकहरुको आगमन घटेका कारण यस्तो अवस्था आएको बताइएको छ । यसबाहेक चीनतर्फ भुटानको ब्यापार घाटा बढ्न थालेकाले पनि त्यहाँ विदेशी मुद्राको सञ्चतीमा दबाब उत्पन्न भएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

इकोनोमिक टाइम्सका अनुसार सन् २०२१ मा भुटानले १० करोड डलर बराबरको सामान आयात गरेको थियो । तर, सन् २०२२ को प्रारम्भीक दुई त्रैमासिकमा भुटानले चीनबाट १३ करोड बराबरको सामान आयात गरिसकेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : ०७ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।