चीनसँग व्यापार घाटा बढेसँगै भुटानमा विदेशी मुद्राको सञ्चिती घट्दै « Khabarhub

चीनसँग व्यापार घाटा बढेसँगै भुटानमा विदेशी मुद्राको सञ्चिती घट्दै


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भुटानमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको पाइएको छ । भारतीय आर्थिक अनलाइन समाचार साइट इकोनोमिक टाइम्सले जनाएअनुसार भुटानमा विदेशी मुद्राको सञ्चिती ९७ करोड अमेरिकी डलरमा सीमित भएको छ ।

त्यसअघि अघिल्लो वर्षको अन्त्यमा त्यहाँ विदेशी मुद्राको सञ्चिती १ अर्ब ४६ करोड अमेरिकी डलर रहेको थियो । भुटानको वाह्य ऋण भने बढेर ३ अर्ब २० करोड पुगेको छ ।

यसअनुसार भुटानसँग १४ महिनाका लागि आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिती रहेको छ । यद्यपि भुटानी अधिकारीहरुले भने आर्थिक संकट नआओस् भन्नाका लागि विभिन्न कदमहरु चालेको जनाइएको छ ।

भुटानले अत्यावश्यक र कृषि र पर्यटनका लागि आवश्यकबाहेक सबै किसिमका सवारी आयातमा प्रतिबन्ध लगाएको छ । जलविद्युत् र पर्यटनमा आधारित भुटानको अर्थतन्त्र पछिल्लो समय धर्मराएको बताइन्छ ।

कोरोना भाइरसको महामारीका कारण पर्यटकहरुको आगमन घटेका कारण यस्तो अवस्था आएको बताइएको छ । यसबाहेक चीनतर्फ भुटानको ब्यापार घाटा बढ्न थालेकाले पनि त्यहाँ विदेशी मुद्राको सञ्चतीमा दबाब उत्पन्न भएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

इकोनोमिक टाइम्सका अनुसार सन् २०२१ मा भुटानले १० करोड डलर बराबरको सामान आयात गरेको थियो । तर, सन् २०२२ को प्रारम्भीक दुई त्रैमासिकमा भुटानले चीनबाट १३ करोड बराबरको सामान आयात गरिसकेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : ०७ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको