पाकिस्तानी तालिबानविरुद्ध सशक्त कदम चाल्ने सेनाको तयारी « Khabarhub

पाकिस्तानी तालिबानविरुद्ध सशक्त कदम चाल्ने सेनाको तयारी


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तानसँग शान्ति वार्तामा कुनै सफलता हासिल हुन नसकेपछि पाकिस्तान सेनाले सशक्त कदम चाल्ने तयारी थालेको छ ।

मुलुकमा आतंककारी आक्रमण घट्न नसकेको अवस्थामा पाकिस्तानी सेनाले तालिबानविरुद्ध सशक्त कदम चाल्न लागेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तानमा सरकार र तालिबान दुबै पक्षले तीन महिना लामो युद्धविरामको घोषणा गरेका थिए । यद्यपि उक्त युद्धविरामको आडमा तालिबानका लडाकुहरुले मुलुकका थप भूभागमा सक्रियता देखाउन थालेपछि पाकिस्तानी सेना चिढिएको बताइएको छ ।

‘सैन्य कारवाहीको तयारी कायम गर्न र प्रतिआतंकवादी अभियानका लागि खासगरी खैबर पख्तुनख्वा र बलोचिस्तानमा प्रयास जारी नै रहनुपर्छ ।’ पाकिस्तानी सेनाप्रमुख कमर जावेद बाजवालाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशति हुने डन अखबारले जनाएको छ ।

अखबारका अनुसार केही समयअघिमात्रै मुलुकको खैबर पख्तुनख्वा र बलुचिस्तानमा तालिबानका लडाकुहरुको सक्रियता देखिएको थियो ।

पाकिस्तानी सेनाले तालिबानबाट मुक्त गरेको भनिएको खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका विभिन्न स्थानहरु तालिबानको कब्जामा रहेको बताइएको छ ।

लडाकुहरुले स्वात जिल्लाको मत्ता क्षेत्रमा पहाडी इलाकाहरु कब्जा गरेसँगै स्थानीयहरु त्रसित बनेका छन् । तालिबानको सक्रियताका कारण सो क्षेत्रमा पर्यटनसँग सम्बन्धित गतिविधि पनि घट्दै जान थालेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : २७ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।