कैलालीमा लागुऔषध सहित एक जना पक्राउ « Khabarhub

कैलालीमा लागुऔषध सहित एक जना पक्राउ


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने २६ वर्षीय हरिश कार्की रहेका छन् । उनको साथबाट १ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई सो पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस्तै उता मोरङ, विराटनगर महानगरपालिका–१५ स्थित एकनम्बर ढाटबाट पनि ४ सय ९० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने ३१ वर्षीय रणबिर बज्राचार्य रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सो लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ११ : ०७ बजे

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका