पाकिस्तानविरुद्ध श्रीलंकाकाे सानदार जित « Khabarhub

पाकिस्तानविरुद्ध श्रीलंकाकाे सानदार जित


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टि-२० एसिया कप २०२२ को सुपर चारको अन्तिम खेलमा पाकिस्तानविरुद्ध श्रीलंकाले सानदार जित निकालेको छ ।

युएई शुक्रबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई पाँच विकेटले हराएको हो । योसँगै श्रीलंका सुपर चारमा शीर्ष स्थानमा हुँदै फाइनलमा प्रवेश गरेको । पाकिस्तानले दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको छ ।

जितको लागि १ सय २२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका ओपनर पाथुम निसंकाले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनमा अविजित रहे । निसंकाको यो लगातार दोस्रो अर्धशतक हो । भारतलाई हराउन निसंकाले ५२ रनको योगदान दिएका थिए ।

पाकिस्तानका मोहम्मद हसनैनले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । उस्मान कादिरले एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान १९।१ ओभरमा १ सय २१ रनमा अल आउट भयो । पाकिस्तानका बाबर आजमले २९ बलमा २ चौकासहित सर्वाधिक ३० रनमा आउट भए ।

श्रीलंकाका वानिन्दु हसरंगाले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । मेहश थिक्सनाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । डेब्यू खेल खेलेका प्रमोद मदुशानले २.१ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

आइतबार फाइनलमा उपाधिको लागि श्रीलंका र पाकिस्तानबीच नै प्रतिस्पर्धा हुनेछ । भारत र अफगानिस्तान भने सुपर चारबाटै बाहिरिएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ११ : २४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका