विश्व इतिहासमा आज : युगान्डा बेलायतबाट स्वतन्त्रदेखि मललाको हत्या प्रयाससम्म « Khabarhub

विश्व इतिहासमा आज : युगान्डा बेलायतबाट स्वतन्त्रदेखि मललाको हत्या प्रयाससम्म


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को अक्टोबर ९। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्त्वपूर्ण घटनाक्रम :

मलला युसफजायीको हत्या प्रयास
सन् २०१२ मा पाकिस्तानका तालिवानले शिक्षा अभियन्ता मलला युसफजाईको हत्या प्रयास गरेका थिए। विद्यालयबाट घर फर्किने क्रममा तालिवानले उनीमाथि गोली हानेका थिए। गम्भीर घाइते बनेकी उनको बेलायतमा उपचार भएको थियो। सन् २०१४ मा १७ वर्षको उमेरमा उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन्।

खमेर गणतन्त्र स्थापना
सन् १९७० मा खमेर गणतन्त्र स्थापना भएको थियो। जनरल लन नोल र राजकुमार सिसोवाथ सिरिक मातकको नेतृत्वमा खमेर गणतन्त्र स्थापना भएको थियो। यसअघि राजकुमार नरोद्दोम सिहानुकविरुद्धको कुमा पनि यी दुई नेताले नेतृत्व गरेका थिए।

बेलायतबाट युगान्डा स्वतन्त्र
सन् १९६२ मा युगान्डाले बेलायतबाट स्वतन्त्र पाएको थियो। युगान्डा सन् १८९४ देखि बेलायतको अधीनमा थियो। स्वतन्त्र युगान्डाका पहिलो प्रधानमन्त्री मिल्टन ओबोटे हुन्।

युनिर्भसल पोस्टल युनियनको स्थापना
सन् १८७४ मा राष्ट्र सङ्घको विशेष निकायको रूपमा युनिर्भसल पोस्टल युनियनको स्थापना भएको थियो। २२ देशले ट्रिटी अफ वर्नमा हस्ताक्षर गरेपछि  युनियन स्थापना गर्ने बाटो खुलेको थियो।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : २० बजे

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची – सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८