बालगोपालेश्वरको भाइटीका प्रभावित « Khabarhub

बालगोपालेश्वरको भाइटीका प्रभावित


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ । बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुको भाइटीका लगाउने भीड थियो ।

अपराह्न अकस्मात पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको बालगोपालेश्वर पुग्नुभएका भक्तजन रामजी नेपालले जानकारी दिए । वर्षा जारी रहेकाले मन्दिर परिसरमा भक्तजनको उपस्थिति पातलो देखिएको छ ।

दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको थियो । विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो ।

विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि बालगोपालेश्वरमा भाइटीका प्रभावित भएको थियो । भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिँदै आइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ५ : ५५ बजे

बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाडौँ- अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ

पोखरामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पोखरा- आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम

डिजिटल लतविरुद्ध इयुको नयाँ नियम

ब्रसेल्स- अनलाइन प्लेटफर्मले प्रयोगकर्तालाई लामो समय अल्झाउने र अनावश्यक खर्च

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

अन्ताल्या (टर्किए)- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक

ममता हत्याकाण्डका दोषी नरेशलाई होला त मृत्युदण्ड ?

काठमाडौं- ममता काफ्ले हत्याकाण्डमा अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टीको जुरीले