लोसपा र जसपाले टुंग्याए उम्मेदवार, कहाँबाट को लड्दैछन् ? « Khabarhub

लोसपा र जसपाले टुंग्याए उम्मेदवार, कहाँबाट को लड्दैछन् ?


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तराई–मधेश केन्द्रीत दुई ठूला राजनीतिक पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार करिब करिब टुङ्गो लगाएका छन्। दुबै पार्टीका अध्यक्ष एवम् शीर्षस्त नेताहरुको निर्वाचन क्षेत्र पनि टुङ्गो लागिसकेको छ।

सो बमोजिम लोसपाका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी क्षेत्र नं ३ बाट उम्मेदवारी दिने भएका छन् भने जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र २ बाट उम्मेदवारी दिने निश्चित भएको छ। लोसपाका अध्यक्ष ठाकुर महोत्तरी ३ का लागि सिफारिस भएको उक्त पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दिने भएका छन्।

उक्त क्षेत्रमा गठबन्धनका दुई उम्मेदवार बन्ने भएका छन्। सोही निर्वाचन क्षेत्रमा महेन्द्र यादव पनि उम्मेदवारका लागि सिफारिस भएका छन्। त्यस्तै सरतसिंह भण्डारीले महोत्तरी क्षेत्र २ र लक्ष्मणलाल कर्णले पर्सा क्षेत्र १ बाट उम्मेदवारी दिने भएका छन्। सप्तरी क्षेत्र २ मा जयप्रकाश ठाकुरले उम्मेदवारका लागि मनोनयन दर्ता गराउने तय भएको छ। उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। बारा क्षेत्र ३ बाट प्रमोद गुप्ताले टिकट पाएका छन्। लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेको छ।

जसपाका अध्यक्ष यादव सप्तरी २ बाट उम्मेदवारी दिनुहुने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए। उनले भने, ‘अध्यक्ष ज्यू अहिले छलफल मै हुनुहुन्छ। उहाँ सप्तरी २ बाटै उठ्नुहुन्छ होला।’

जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन्। पूर्वमन्त्री राजकिशोरले यादव सिरहा २ बाट उम्मेदवारका लागि मनोनायन दर्ता गराउने भएका छन्। अर्का पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस भएका छन्। उनी सिरहा–३ ‘ख’ बाट प्रदेशसभामा उम्मेदवारी दिनेछन्। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि सोही प्रदेशमै दोहोरिने भएका छन्।

त्यसैगरी सङ्घीय मन्त्रीद्वय प्रदीप यादवले पर्सा १ र मोहम्मद इस्तियाक राईले बाँके २ बाट उम्मेदवारी दिने भएका छन्। महोत्तरी क्षेत्र ४ बाट डा सुरेन्द्र यादवले टिकट पाएका छन्। जसपाले नेकपा (एमाले)सँग तालमेल गरेको छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ०३ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय